शौर्य सिमेन्टले ल्यायो ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल’ अफर

शौर्य सिमेन्टले ल्यायो ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल’ अफर

केन्द्रबिन्दु
0
Shares

शौर्य सिमेन्टले 'शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल' अफर शुरू गरेको छ। 

पौष ३० गतेसम्म लागु हुने यस योजनाअन्तर्गत उपभोक्ताहरुले हरेक ५० बोराको खरिदमा १ प्रति कुपन प्राप्त गरी हातखाली नजाने रु ५०० देखि रु १०,००० सम्मको कुपन स्क्र्याच गरी नगद प्राप्त गर्न सक्ने छन्।

त्यसैगरी, ५० बोराभन्दा बढीको खरिदमा, एकभन्दा बढी कुपन प्राप्त गर्दा , शून्य अङ्क उल्लेखित कुपन परेको खण्डमा आफ्नो अर्को  कुपनमा भएको रकम पछाडि शून्य थप गरी रु १ लाखसम्म नगद प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

उदाहरणका लागि : १०,००० +० = १,००,०००

कम्पनीका अनुसार, यद्यपि सयौं संख्यामा शून्य (०)को कुपन भएपनि प्रत्येक कुपनमा एकपटक मात्र शून्य (०)लाई पछाडि लगेर जोड्न मिल्नेछ। साथै उक्त रकममा शून्य (०) थप गरिएको अवस्थामा कम्पनीको आधिकारिक व्यक्तिबाट निर्माण स्थलमै रकम प्रदान गरिनेछ। 

शौर्य सिमेन्ट इण्डष्ट्रिजको सिराहा जिल्लाको मिर्चैयामा अवस्थित छ र यसले ४३ ग्रेड ओ.पि.सी, ५३ ग्रेड ओ.पि.सी ,पि.एस्.सी र ५३ ग्रेड पि.पि.सी सिमेन्ट उत्पादन गर्दै आएको छ। 

Skip This
Skip This
Logo