म्यानमारमा एनएलडीका पूर्वसांसदलाई १४८ वर्ष जेल

म्यानमारमा एनएलडीका पूर्वसांसदलाई १४८ वर्ष जेल

केन्द्रबिन्दु
0
Shares

सेनाद्वारा शासित म्यानमारमा एक अदालतले अपदस्थ नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीका पूर्व सांसदलाई १४८ वर्षको जेल सजाय सुनाएको छ । ५२ वर्षीय विन मिन्ट ह्लाइङलाई उक्त सजाय सुनाएको हो । 

आतंकवादको आरोपमा दोषी ठहरिएपछि विन मिन्ट ह्लिङलाई सोमबार सुनाइएको यो सजाय सेनाले फेब्रुवरी २०२१ मा सत्ता कब्जा गरेपछि आङ सान सुकीको सरकार र एनएलडी पार्टीका कुनै पनि सदस्यलाई दिइएको सबैभन्दा लामो जेल सजाय हो । 

सोमबार म्याग्वे जिल्लाको अदालतले व्यापारिक राजधानी यांगुनबाट करिब ४८०  किलोमिटर  उत्तरमा अवस्थित विन मिन्ट ह्लिङलाई आतंकवाद विरोधी ऐन अन्तर्गत आठ अपराधमा दोषी ठहर गर्दै १४८ वर्षको सजाय सुनाएको थियो । -एजेन्सी

Skip This
Skip This
Logo