मंसिर ४ गते आउनसक्ने विपद् व्यवस्थापनका लागि सरकार तयारी अवस्थामा

मंसिर ४ गते आउनसक्ने विपद् व्यवस्थापनका लागि सरकार तयारी अवस्थामा

केन्द्रबिन्दु
0
Shares

आगामी मंसिर ४ गते हुने निर्वाचनका दिनमा आउनसक्ने विपद् व्यवस्थापनका लागि सरकार तयारी अवस्थामा रहेको बताएको छ । 

सरकारले मंसिर ४ गते आउनसक्ने प्राकृतिक प्रकोप तथा मौसमी प्रतिकुलताको सम्बन्धमा आँकलन गरी व्यवस्थापनको निम्ति तयारी अवस्थामा रहेको बताएको हो ।  बिहीबर सञ्चारकर्मीसँग कुराकानी गर्दै गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख रहेका सहसचिव प्रदीपकुमार कोईरालाले निर्वाचनको दिन आउनसक्ने प्रकोपको सम्भावनालाई मध्येनजर गरेर सरकार तयारी अवस्थामा रहेको बताए । 

उनले जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने -यापिड रेस्पोन्स फोर्सलाई तयारी अवस्थामा राख्ने बताए । सडक, खोला,नदी तथा तटबन्धमा हुने अवरोध तथा जोखिमलाई व्यवस्थापन गर्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको उनले बताए । 
 
उनले भने– ‘सबै जिल्ला प्रशासनहरुमा विशेषगरी निर्वाचनको समयमा बेमौसमी रुपमा पानी पर्नसक्ने, पहिरो जानसक्ने, बाढी आउनसक्ने, अन्य प्रकारको प्रकोपहरु आउनसक्ने सम्भावनातर्फ इंगित गरेर हाम्रो जिल्लामा रहेको सुरक्षा निकायहरुको -यापिड रेस्पोन्स फोर्स हुन्छ सिडियोको नियन्त्रणमा । सिडियोले संयोजन गरेर सबैलाई अलर्ट अवस्थामा राख्ने भनेर मन्त्रालयबाट परिपत्र पनि अब गरिहाल्छौँ । जस्तै सडक अवरुद्ध हुनसक्छ । त्यसको लागि सडक खुलाएर तयारी अवस्थामा रहनु । कुनै नदी, तटबन्धमा जोखिम हुनसक्छ, पहिरो जानसक्छ भनेर हामीले सम्वद्ध निकायहरुलाई तयारी अवस्थामा रहनु भन्छौँ ।’ 

उनले अगाडि थपे- ‘लजिस्टिक क्लष्टरका सरकारी र गैरसरकारी तहका मेम्बरहरुलाई समेत सामग्री ढुवानीको लागि तपाईहरु तयारी अवस्थामा रहनुहोला भनेर अद्यावधिक मिटीङहरु, छलफल गर्छौं र हामीले उहाँहरुलाई अलर्ट राख्छौँ । त्यसकारण अहिले निर्वाचनलाई लक्षित गरेर सम्भावित विपद् के–के आउनसक्छ भनेर आँकलन गरेर त्यसका लागि हाम्रो सबै सरकारी संयन्त्र र गैरसरकारीलाई समेत हामीले अलर्ट अवस्थामा राखेका छौँ । निर्वाचनसम्मै अलर्ट अवस्थामा राख्छौँ । हामी रेस्पोन्सको लागि तयारी अवस्थामा छौँ ।’
 
सहसचिव कोईरालाले जल तथा मौसम विज्ञान विभागले दिने पूर्व सूचनाको आधारमा मौसमी प्रतिकुलताका कारण आइपर्ने समस्या समाधानमा केन्द्रित हुने बताए । 

Skip This
Skip This
Logo