मतदान बिहान ७ बजेबाट शुरु हुन्छ -निर्वाचन आयोग

मतदान बिहान ७ बजेबाट शुरु हुन्छ -निर्वाचन आयोग

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले चुनावी प्रचारप्रसारका कार्य गर्दा निर्वाचन आचारसंहीतालाई पूर्ण पालना गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउने कार्यमा सहयोग गर्न अपिल गरेको छ ।  

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरु आज (बिहीवार) बाट प्रचारप्रसारमा जुटिरहेका बेला आयोगले पूर्णरुपमा आचारसंहीता पालना गर्न सबैलाई सचेत गराएको हो । 

सञ्चारकर्मीसँगको कुराकानीमा निर्वाचन आचारसंहीता केन्द्रिय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त रामप्रसाद भण्डारीले मतदान हुनुभन्दा १७ दिन अघिबाट निर्वाचन प्रचारप्रसार गर्न पाइने आचारसंहीतामा उल्लेख भएअनुसार कोणसभा, गोष्ठी, सेमिनार, -याली, गर्दा आचारसंहीतामा निर्धारण भएका कुराहरुको पालना गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउने कार्यमा सहयोग गर्न राजनीतिक दल र उम्मेदवारहरुसँग अपिल गरेका हुन् ।

आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदान बिहान ७ बजेबाट शुरु हुने र मतदान शुरु हुनपूर्वको ४८ घण्टा कुनैपनि उम्मेदवार र राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार गर्न नपाउने पनि उनले स्पष्ट पारे । 

उनले भने, ‘हाम्रो निर्वाचन मंसिर ४ गते बिहान ७ बजेबाट शुरु हुन्छ । त्यो भन्दा ४८ घण्टा अघिदेखि प्रचारप्रसार गर्न पाइँदैन भनेर निर्वाचन कसुर तथा सजाय ऐनले व्यवस्था गरेको छ । पहिला हामीले गरि आएको अभ्यास मौन अवधि हो । तर मान अवधि भन्ने शब्द कानूनमा परिभाषा नभएको, उपयुक्त नभएको हुनाले हामीले यसलाई ४८ घण्टा अघि नै यसलाई शुन्य समय । प्रचारप्रसार गर्न पाइँदैन । हामी मौन अवधि भनेर घोषणा नगर्ने, तर यसलाई शुन्य समय भनेर हामीले चुप लागेर बस्ने । उम्मेदवारहरुलाई विजयी गराउन प्रचारप्रसारमा कोणसभा, गोष्ठी, सेमिनार गर्न पाइन्छ तर निर्वाचन आचारसंहीताले तोकेको सीमाभित्र रहेर मात्रै पाइन्छ । प्रचारप्रसार गर्न स्वतन्त्ररुपमा उहाँहरु छुट हुनुहुन्छ, तर आचारसंहीताको परिधिभित्र रहेर । आयोग सबै उम्मेदवारले आचारसंहीता उल्लंघन नगरी पूर्णपालना गर्नेकुरा भनिरहेको छ । ’
 
निर्वाचन आयुक्त भण्डारीले उम्मेदवार र राजनीतिक दलहरुले आचारसंहीताको सीमा नमिचिकन प्रचारप्रसार गरे निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहीत हुने दाबीसमेत गरे । 

Skip This
Skip This
Logo