सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश

सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश

केन्द्रबिन्दु
0
Shares

नाबालिग बलात्कार अभियोगमा राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेकाे एकल इजलासले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । शुक्रबार नै वादी र प्रतिवादीका तर्फबाट थुनछेक बहस सकिएको थियो । 

गत भदौ ५ गते १७ वर्षीय किशोरीलाई होटल काठमाडौं इनमा बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । त्यसपछि क्यारेबियन लिग खेल्न जमैका गएका उनले असोज २० गते नेपाल आएर प्रहरीसमक्ष आत्मसमपर्ण गरेका थिए । त्यसपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले लामिछानेविरुद्ध १० देखि १२ वर्ष सम्म कैद र पीडितलाई अभियुक्तबाटै यथोचित क्षतिपूर्ति भराउन मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो । 

थुनछेक बहसमा सरकारी वकिलहरु र जाहेरवालाको तर्फबाट वकिलहरुले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने माग गर्दै बहस गरेका थिए भने सन्दीपको तर्फबाट बहस गर्ने वकिलहरुले धरौटीमा रिहा गर्न माग गरेका थिए । तर, अदालतले लामिछानेलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । अब उनलाई केन्द्रीय कारागार जगन्नाथ देवलमा लगिने भएको छ ।   

Skip This
Skip This
Logo