जसपाको प्रतिवद्धता पत्र सार्वजनिक- संघीय शैली परिवर्तन गर्नुपर्ने भन्दै १० प्रदेश प्रस्ताव

जसपाको प्रतिवद्धता पत्र सार्वजनिक- संघीय शैली परिवर्तन गर्नुपर्ने भन्दै १० प्रदेश प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संघीय शैली परिवर्तन गर्नुपर्ने बताएका छन् । 

४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी आज पार्टीको प्रतिबद्धतापत्र सार्वजनिकका क्रममा उनले संविधान संसोधनमार्फत १० प्रदेशको शैलीमा जाने बताएका हुन् । 

कार्यक्रममा आफ्नो पार्टीले आजको युगमा राजनैतिक लोकतन्त्र मात्रै काम नभएको र अब सामाजिक, आर्थिक लोकतन्त्रको रुपमा पनि विकास गर्ने बताए । यस्तै, बहिस्करणमा परेका समुदायलाई सामाजिक न्यायको प्रणाली विकास गरी समावेशी लोकतन्त्रको अभ्यास गर्नु पर्ने उनले बताए । 

अध्यक्ष यादवले आन्दाेलनमार्फत राजनीतिक परिवर्तन धेरै भइसकेकाे र अब आर्थिक  विकास र सम्मृद्धिकाे आन्दाेलनमा जानुपर्ने बताए । यस्तै, कृषिलाई परम्परागत भन्दा पनि चक्लाबन्दी गर्नुपर्ने बताए । देशकाे बजेट घाटा जलविद्युतबाट टार्नुपर्ने वा कम गर्नुपर्ने पनि उनले बताए ।

Skip This
Skip This
Logo