घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

केन्द्रबिन्दु
0
Shares

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ ।

महासंघले हिजो आइतबारको तुलनामा सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेको जानकारी दिएको हो ।यससँगै आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ८०० रूपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा ९४ हजार रूपैयाँ थियो ।

गत साताको शुक्रबारको तुलनामा हिजो आइतबार सुनको मूल्य तोलामा १४ सय रूपैयाँले बढेको थियो । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार १०० रूपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रूपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो आइतबार तोलामा ५० रूपैयाँले बढेको चाँदीको मूल्य आज तोलामा १० रूपैयाँले घटेको हो । यससँगै आज चाँदीको कारोबार मूल्य तोलामा १२ सय ६५ रूपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

Skip This
Skip This
Logo