राखेप बोर्ड सदस्य भट्टराईलाई अन्तर्राष्ट्रिय संघ संस्थाहरुको बधाई

राखेप बोर्ड सदस्य भट्टराईलाई अन्तर्राष्ट्रिय संघ संस्थाहरुको बधाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा मनोनयन भएका नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का पूर्वमहासचिव गोविन्द भट्टराईलाई विश्व बैंक र एफआईए लगायत विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाले बधाई दिएका छन् ।

भट्टराईलाई विश्व बैंक, इन्टरनेशनल रोड एण्ड ट्रान्सपोर्ट युनियन (आईआरयू) र फेडरेसन इन्टरनेशनल डेल अटोमोबाइल (एफआईए) लगायतले बधाई दिंदै कार्यकाल सफलताको शुभकामना पनि दिएका हुन् ।

पर्वतीय खेलकुद महासंघ नेपालका अध्यक्ष समेत रहेका भट्टराई हालै राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा मनोनयन भएका थिए ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधिका रुपमा भट्टराईलाई बोर्ड सदस्यमा मनोनयन गरेका हुन् ।

Logo