पाकिस्तानी प्रहरी अधिकारीको खातामा अज्ञात व्यक्तिले गरे १० करोड जम्मा

पाकिस्तानी प्रहरी अधिकारीको खातामा अज्ञात व्यक्तिले गरे १० करोड जम्मा

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानको कराँचीमा एक प्रहरी अधिकारीको बैंक खातामा एक अज्ञात व्यक्तिले दश करोड रुपैयाँ जम्मा गरेको खबरले सामाजिक सञ्जालमा खैलाबैला मच्चाएको छ । 

तलबसहित उनको खातामा थप १० करोड रुपैयाँ जम्मा भएको छ । यो रकम कराँचीको प्रहरी चौकीका अनुसन्धान अधिकारी आमिर गोपाङको खातामा जम्मा गरिएको हो । बैंकबाट फोन आएपछि उनको खातामा १० करोड रुपैयाँ जम्मा भएको बताइएपछि उनलाई यो कुरा थाहा भएको थियो ।

तर, गोपाङले खाताबाट कारोबार गर्न नपाउँदै बैंकले खातामा सिल गरेर रकम झिक्न नदिन उनको एटीएम कार्ड ब्लक गरेको थियो । अब बैंकसँगै कराँची प्रहरीले पनि खातामा यति ठूलो रकम आएकोबारे अनुसन्धान गरिरहेको छ । यो रकम कसरी र कहाँबाट आयो भन्नेबारे अनुसन्धान भइरहेको छ ।

सञ्चार माध्यमहरुका अनुसार पाकिस्तानको लारकाना र सखरमा पनि यस्तै घटना बाहिर आएका छन् । धेरै प्रहरी अधिकारीको बैंक खातामा ठूलो रकम जम्मा भएको छ । लरकानाका तीन प्रहरी अधिकृतको खातामा पाँच करोड रुपैयाँ जम्मा गरिएको थियो । यही क्रममा सखरका एक प्रहरीको खातामा पनि पाँच करोड आएको थियो । यी घटनामा पनि अनुसन्धान भइरहेको छ ।

Skip This
Skip This
Logo