जनतालाई गुहार्दै सागर ढकालले भने- ‘मलाई जोगाइदिनुस्, चुनाव प्रचार गर्न रोक लगाइयो’

जनतालाई गुहार्दै सागर ढकालले भने- ‘मलाई जोगाइदिनुस्, चुनाव प्रचार गर्न रोक लगाइयो’

केन्द्रबिन्दु
0
Shares

डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचार प्रसार गर्न रोक लगाइएको बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत ढकालले  प्रधानमन्त्री देउवाले खुलमखुल्ला कानून नियम उल्लंघन गर्दा प्रशासनले आँखा चिम्लिएको तर, आफूले भने हर्क साम्पाङजस्तै माइकिङ गर्न खोज्दा त्यो पनि नदिइएको गुनासो गरेका हुन् । 

‘मलाई जोगाइदिनुस् – जनता गुहार्नु बाहेक केही बाँकि रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ।  मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन। मलाइ रोकेको छ ।’ उनले भनेका छन् । 

Logo