प्रधानमन्त्री देउवाले बैतडी र दार्चुलाको चुनावी सभामा सम्बोधन गर्ने

प्रधानमन्त्री देउवाले बैतडी र दार्चुलाको चुनावी सभामा सम्बोधन गर्ने

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बैतडी र दार्चुलामा हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

चुनावी अभियानका लागि सुदूरपश्चिममा रहेका प्रधानमन्त्रीले दुई जिल्लामा हुने सभामा सम्बोधन गर्न लागेको स्वकीय सचिव भानु देउवाले बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गर्ने बताइएको छ । गृहजिल्ला डडेलधुरामा चारदिने कार्यक्रम सकेर निजी निवास धनगढीमा रहेका देउवाले राजनीति भेटघाट तीव्र पारेका छन् । 

Logo