व्यवहारमै राजनीतिलाई समाजसेवामा परिणत गर्न चाहन्छु -छिरिङ दोर्जे लामा

व्यवहारमै राजनीतिलाई समाजसेवामा परिणत गर्न चाहन्छु -छिरिङ दोर्जे लामा

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेशसभा सदस्य उम्मेदवार छिरिङ दोर्जे लामाले व्यवहारमै राजनीतिलाई समाज सेवामा परिणत गर्ने बताएका छन् । 

काठमाडौं ३ (क) का प्रदेशसभा सदस्य उम्मेदवार कांगेस नेता लामाले राजनीति उत्कृष्ट समाजसेवा रहेकाले यसलाई व्यवहारमै परिणत गर्नुपर्ने बताएका हुन् । राजनीतिलाई समाजसेवमा परिणत नगरे भ्रष्टाचार बढ्ने उनको भनाइ छ । 

सत्तारुढ गठबन्धनका साझा उम्मेदवारसमेत रहेका उनले सामाजिक सेवाको उत्कृष्ट नमुना रहेको भन्दै आफूले पनि राजनीतिलाई लाभको पेसाको रुपमा नलिएको बताए । ‘राजनीति समाजसेवाको उत्कृष्ट हो, जबसम्म राजनीतिलाई समाजसेवाको रुपमा व्यवहारमा परिणत गर्न सकिँदैन, यसले भ्रष्टाचार मात्र बढाउँछ,’ उनले भने, ‘राजनीतिलाई समाजसेवामा परिणत गर्नुपर्छ भन्ने मान्यता राख्छु र व्यवहारमै देखाएको छु ।’

यसअघि पनि प्रदेशसभामा निर्वाचित भएर एक कार्यकाल बिताएका उनले आफूले पहिलो कार्यकालमा पनि प्रदेशसभा जनताको पक्षमा काम गरेको दाबी गरे ।

सो कार्यकालमा पनि राजनीतिलाई समाजसेवाकै रुपमा बिताएको बताएका उनले आफ्नो निर्वाचन क्षेत्रमा ढल व्यवस्थापन, खानीपानीसहितका समस्या समाधान गर्न पहल गरेको बताए । यसका बाँकी काम अबको कार्यकालमा पूरा गरेरै छाड्ने उनको प्रतिबद्धता छ । 

विकासका काममा बाधाको रुपमा देखिएका कानुन संशोधन गर्ने, आवश्यक कानुन बनाउने भन्दै उनले कुनै समस्या परेका आम जनताले फोनबाट जानकारी गराउन सकिने बताए । सूचना प्राप्त भएमा समाधान गर्न पहल गर्ने उनले प्रतिबबद्धता जनाए । 

Skip This
Skip This
Logo