नेकपा (एकीकृत समाजवादी)का मकवानपुर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडामाथि हातपात भएको छ । भोट माग्न स्थानीयको घरदैलोमा पुग्दा मकवानपुरको मनहरी गाउँपालिका -४ मसिने भन्ने ठाउँमा उनीमाथि हातपात भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घरदैलो कार्यक्रममा पुगेका खतिवडालाई गाडीबाट ओर्लनेबित्तिकै हेटौंडा उपमहानगरपालिका–२ का अन्दाजी ५५ बर्षीय पुरुषोत्तम खड्काले हातपात गरेका हुन् । हातपाटबाट कुनै चोट भने लागेको छैन । त्यसपछि खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
यस क्षेत्रका लागि खतिवडा नयाँ नाम होइन्, उनी साढे तीन दशकदेखि चुनावी प्रतिस्पर्धामा छन्। विगतमा एमालेबाटै चुनाव जितेका खतिवडा यस पटक भने एमालेकै उम्मेदवारसँग प्रतिस्पर्धामा छन्। रुपचन्द्र विष्ट, महालक्ष्मी उपाध्याय डिना, कमल थापा र हिरण्यलाल श्रेष्ठलाई पराजित गरेर चार पटक सांसद बनिसकेका खतिवडालाई सो क्षेत्रमा यसपटक आफ्नै पूर्व कार्यकर्ता महेश बर्तौलाले चुनौती दिंदैछन्। खतिवडाकै ‘स्कूलिङ’बाट बर्तौला राजनीतिमा आएका हुन्।































प्रतिक्रिया