हिन्दु राष्ट्रको पक्षमा बहस गर्नेलाई मतदान गरौं -महासंघ

हिन्दु राष्ट्रको पक्षमा बहस गर्नेलाई मतदान गरौं -महासंघ

केन्द्रबिन्दु
0
Shares

विश्व हिन्दु महासंघ, नेपाल राष्ट्रिय समितिले हिन्दु राष्ट्रको पक्षमा बहस गर्न प्रतिवद्धता जाहेर गर्ने उम्मेदवारहरुलाई आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदात गर्न आह्वान गरेको छ ।

महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो आह्वान गरेको हो । 

हिन्दु धर्मप्रति सद्भाव राख्दै आएका र चुनाव जितेपछि पनि संसदमा हिन्दु राष्ट्रको पक्षमा बहस गर्ने प्रतिवद्धता जनाउने विभिन्न पार्टी र स्वतन्त्रका उम्मेदवारहरुलाई आगामी निर्वाचनमा मतदान गर्न आफूहरुले आह्वान गर्ने निर्णय गरेको महासंघका उपसभापति प्रविण घिमिरेले बताए । 

महासंघले धर्मप्रति घृणा फैल्याउने तथा धर्म निरपेक्षता र संघीयताको वकालत गर्नेहरुलाई भने निर्वाचनमा मत नदिन आग्रह गरेको छ । महासंघका उपसभापति घिमिरले भने, ‘हामी आगामी मंसीर ४ गते हुने संसदीय निर्वाचनमा नेपालको राष्ट्रियता, सनातन हिन्दु धर्मप्रति सदभाव राख्दै आएका र चुनाव जितेर संसदमा पुगेपछि पनि हिन्दु राष्ट्रका पक्षमा बहस गर्न प्रतिवद्धता जाहेर गर्ने ठूला–साना विभिन्न दलबाट उठेका र स्वतन्त्र उम्मेदवारहरुलाई आगामी निर्वाचनमा आफ्नो विवेकको मत प्रदान गर्न सबै मतदातामा हार्दिक आह्वान गर्दछौं ।’
 
उपसभापति घिमिरेले कृषि, वन, पर्यटन, जलस्रोत र जडिबुटीको परिचालन गरेर १५ वर्ष भित्र ५० लाख युवाहरुलाई देशभित्र रोजगारी दिने प्रबन्ध मिलाउन आफूहरु लागि परेको दावी समेत गरे । 

महासंघले नेपाली जनताको बृहत धार्मिक एकता कायम गरेर धर्म निरपेक्षता र संघीयतालाई परास्त गर्ने चेतावनी समेत दिएको छ ।  

Logo