माल्दिभ्समा भीषण आगलागी हुँदा ९ भारतीयसहित १० जनाको मृत्यु

माल्दिभ्समा भीषण आगलागी हुँदा ९ भारतीयसहित १० जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

माल्दिभ्सको राजधानी मालेमा रहेको एउटा भवनमा भीषण आगलागी भएको छ । यो दर्दनाक दुर्घटनामा नौ भारतीय सहित १० जनाको मृत्यु भएको बताइएको छ । यसका साथै कैयौं व्यक्ति गम्भीर घाइते भएका छन् ।

भवनको भुईंतलामा रहेको कार ग्यारेजमा ठूलो आगो लागेको सञ्चार माध्यमहरूले जनाएका छन्। घटनाको जानकारी पाएलगत्तै धेरै दमकलहरु घटनास्थलमा पुगेर करिब चार घण्टापछि आगो नियन्त्रणमा आएको थियो । अनुसन्धानका क्रममा माथिल्लो तलामा नौ भारतीय र एक बंगलादेशीसहित १० जनाको शव भेटिएको बताइएको छ ।

Skip This
Skip This
Logo