काठमाडौँमा अघोषित लकडाउन ! तर कोरोना बढेको बढ्यै, हेलचक्य्राइँ पनि उत्तिकै (भिडियो रिपोर्ट)

काठमाडौँमा अघोषित लकडाउन ! तर कोरोना बढेको बढ्यै, हेलचक्य्राइँ पनि उत्तिकै (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत वर्षको चैत ११ गतेदेखि लागू भएको लकडाउन गत साउन ७ गते अन्त्य भयो । झण्डै चार महिना लामो लकडाउनले अर्थतन्त्रमै धक्का लागेपछि अस्तव्यस्त अर्थतन्त्रलाई लयमा ल्याउन र भविष्यमा आउन सक्ने भोकमरीको समस्यालाई मध्यनजर गर्दै सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेको थियो ।

कोरोनाको संक्रमण नियन्त्रण भएर होइन दैनिकी जीवनयापन सहज बनाउन लकडाउनको अन्त्य गरिएको थियो । सर्वसाधारणले पाएको सास्ती, व्यवसायीको प्रदर्शन, अर्थतन्त्रमा लागेको धक्कालगायतका कारण सरकारले बाध्य भएर लकडाउन अन्त्य गरेको थियो । लकडाउन अन्त्य भएको घोषणा गर्दागर्दै सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना अन्त्य भएको नभई लकडाउन मात्रै अन्त्य भएको बताएका थिए । सँगसँगै उनले अब थप सतर्कता अपनाउन पनि आग्रह गरेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पनि हरेक दिनको प्रेस ब्रिफिङमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्दै आएका छन् ।

तर लामो समयको लकडाउनबाट आजित सर्वसाधारणले सरकारको यो आग्रहलाई खासै ध्यान दिएको देखिएन । परिणामस्वरुप अहिले कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दो छ । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न प्रमुख शहरहरु रेडजोनमा परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा मात्र १ सय १९ जना नयाँ संक्रमित थपिएका छन् । हाल सम्म उपत्यकामा मात्र संक्रमितको संख्या १६ सय ९८ पुगेको छ । जसमा शुक्रबार मात्र काठमाडौंका ८३ जना, ललितपुरका ३० जना र भक्तपुरका ६ जनामा कोरोना पुष्टि भएको हो ।

वागमती प्रदेशमा सबैभन्दा बढी संक्रमित काठमाडौंमा देखिएका छन् । उपत्यकामा बढी जनघनत्व भएकाले कोरोनाको जोखिम पनि बढ्दो छ । पछिल्लो २ साताको कोरोना संक्रमितको तथ्यांक विश्लेषण गर्दा पनि जोखिम बढ्दो क्रममा रहेको कुरा प्रष्ट हुन्छ ।

सरकारले पछिल्लो समय उपत्यकामा सुरक्षा सतर्कता बढाएको छ । कोरोनाको जोखिम बढेपछि दक्षिणकाली नगरपालिकाले भोलि शनिबारदेखि लागू हुने गरि लकडाउन घोषणा गरेको छ । काठमाडौँका दर्जनौ ठाउँहरू सिल गरिएका छन् । तर सर्वसाधारणको हेलचक्य्राइँ भने घटेको छैन ।

प्रस्तुत छ, यसै विषयमा तयार पारिएको यो रिपोर्ट 

 

Skip This
Skip This
Logo