बायर्नले साल्केलाई उसैको मैदानमा २–० गोलले हराउँदै शीर्ष स्थानमा कायम

बायर्नले साल्केलाई उसैको मैदानमा २–० गोलले हराउँदै शीर्ष स्थानमा कायम

केन्द्रबिन्दु
0
Shares

एरिक म्याक्सिम चुपो मोटिङले आफ्नो गोल वर्षा जारी राख्दा बायर्न म्युनिखले साल्केलाई हराउँदै शीर्ष स्थानमा रहन सफल भएको छ ।

शनिबार बायर्नले साल्केलाई उसैको घरेलु मैदानमा २–० गोलले हराएको हो । खेलको ३८ औँ मिनेटमा सर्जी ग्नाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । दोस्रो हाफमा एरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । पछिल्ला ९ खेलमा उनको यो १० औँ गोल हो । 

बायर्नले सबै प्रतियोगितामा १० खेलमा जीतमा हासिल गरेको छ । लिगमा उसको यो लगातार छैटौँ जीत हो । १५ खेलपछि बायर्नको ३४ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको आरबी लेइपजिगको २८ अङ्क रहेको छ । लेइपजिगले शनिबार नै वेर्डर ब्रेमेनलाई २–१ गोलले हराएको थियो ।

Skip This
Skip This
Logo