नेविसंघद्वारा आरआर क्याम्पसमा तालाबन्दी

नेविसंघद्वारा आरआर क्याम्पसमा तालाबन्दी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाईले आज आरआर क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ।

इकाईका अध्यक्ष पुष्कर बाँस्तोला र इकाई सचिव अनुराग शाहद्वारा हस्ताक्षर गरि जारी गरेको विज्ञप्तिमा त्रिभुवन विश्व विद्यालयले लिन बाँकी परीक्षाको विकल्प खोज्दै उपकुलपतिको कार्यालयमा प्रर्दशनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुलाई बिना शर्त रिहाइको लागि दवाव दिन आफूहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको उल्लेख गरिएको छ।

संघका अध्यक्ष पुष्कर बाँस्तोला, सचिव अनुराग शाह उपाध्यक्ष सफल न्यौपाने र नेबिसंघ आरआरका नेता धर्मेन्द्र शाहीले क्याम्पस प्रमुख कार्यकक्षमा पुगेर तालाबन्दी गरेका थिए ।

उपकुलपति र प्रहरीका केही अधिकारीहरुको मिलेमतोमा गिरफ्तार गरेका साथीहरुलाई झुटो मुद्दा लगाउन खोजिएको भन्दै यदि त्यस्तो गरे नेपाल विद्यार्थी संघले देशभरबाट आन्दोलन गर्ने पनि जनाएको छ।

Logo