जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले धनको आडमा राजनीति गर्न थाले जानकीले भने झैं राज्यमा निरङ्कुश र तानाशाही प्रवृति हावी हुने बताएका छन् ।
नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नंं. १ अन्तर्गत बर्दघाट नगरपालिकाको वडाहरुमा भएको संयुक्त भेला तथा घरदैली चुनावी अभियानका क्रममा भेलालाई सम्बोधन गर्दै अध्यक्ष त्रिपाठीले यस्तो बताएका हुन् । उनले राजनीतिमा धनको हावी भयो भने युवाहरूको राजनीतिक भविष्य समाप्त हुने समेत जिकिर गरे ।
अध्यक्ष त्रिपाठीलेले आफू जीवनको अन्तिम पटक निर्वाचन लड्दै गरेको भन्दै अन्तिम पटक मतदातासंग भिक्षा मागेको बताए । आफूले मागेको भिक्षा यस क्षेत्रका जनताको प्रतिष्ठा, इज्जत, स्वाभिमान र सम्मानका लागी भएको बताउँदै आफुलाई मतदान गर्न उनले आग्रह गरे ।
सो क्रममा प्रदेशसभा सदस्य पदका उम्मेदवार पुन्य प्रसाद पौडेलले पनि उद्योगपति चौधरीलाई इंगित गर्दै धनको बलमा यहाँका मतदाता बिक्रि नहुने बताए । चौधरीले चुनाव जित्नकै लागी सीजी नेटदेखी लिएर फाउण्डेसनको नाममा अनुदान समेत दिँदै हिडेको आरोप लगाउदैँ उनले आचांरसहिता उल्लघंन भएको बताए ।
प्रदेश सभा सदस्य उम्मेदवार पौडेलले उद्योगपति चौधरी जस्ता उम्मेदवारीको आगमन भएमा भोलीका दिनमा देशका राजनीतिकर्मीहरु पलायन हुनुपर्ने स्थिति आउने दावी गरे । । त्यसकारण नै यसपटकको निर्वाचन राजनीतिकर्मीले नै जित्नुपर्ने उनको जिकिर थियो ।
आफूहरु यहि कारण जनतालाई सु–सुचित गराउन घरदैलो कार्यक्रममा हिँडिरहेको पनि प्रदेश सभा सदस्य उम्मेदवार पौडेलले बताए । उनले साधारण जनताको सन्ततीले पनि भोलीका दिनमा देशको आमुल परिवर्तन ल्याउन राजनीति गर्न पाउनुपर्छ भन्ने मान्यतालाई जिवित राख्न मतदातालाई सचेत गराइएको पनि जानकारी दिए ।
यस्तै नेकपा एमालेका नेतृ एवं पूर्व संविधान सभा सदस्य सिन्धु जलेसा बुडाथोकीले जप्रपा, नेकपा एमाले र जसपाको संयुक्त गठबन्धन मजबुत रहेको भन्दै आफूहरुले चुनाव जित्ने आंकलन गरिन् ।
निर्वाचनको मिति नजिकिएसंगै अध्यक्ष त्रिपाठीले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।





























प्रतिक्रिया