निर्वाचनको लहर गठबन्धनको पक्षमा आइरहेको छ -अध्यक्ष प्रचण्ड

निर्वाचनको लहर गठबन्धनको पक्षमा आइरहेको छ -अध्यक्ष प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको विकास र समृद्धिका लागि गठबन्धनले जित्नु पर्ने बताएका छन् । 

पाँच दलीय गठबन्धनले लमजुङको राइनसमा साेमबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनताले अनुभूति गर्ने गरी आर्थिक विकासका काममा लाग्ने बताए । उनले भने, 'मुलुकमा आर्थिक समृद्धि नहुँदा राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि जनतामा महसुस हुन नसकेको हाे । आगामी दिनमा सत्तारुढ गठबन्धनले समग्र ध्यान आर्थिक विकास र समृद्धिमा दिनेछ ।' 

अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लहर गठबन्धनको पक्षमा आइरहेको पनि दाबी गरे । उनले ४ मंसिरकाे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह समेत गरेका थिए । 

पाँचदलीय गठबन्धनको तर्फबाट लमजुङबाट प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका देवप्रसाद गुरुङ र प्रदेश सभा (क) मा कांग्रेसका डा. टकराज गुरुङ र प्रदेश सभा (ख) मा कांग्रेसका भेषबहादुर पौडेललाई आफ्नो अमूल्य मत दिएर विजयी गराउन उनले आग्रहसमेत गरे।

Logo