रुसले फेरी युक्रेनको राजधानी किभसहित प्रमुख शहर लविभ र खार्किभ शहरमा आक्रमण गरेको छ ।
किभमा भएको आक्रमणमा एकजनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । यहाँ दुईवटा भवन क्षतिग्रस्त भएको बताइएको छ । युक्रेनी अधिकारीका अनुसार रुसले सबैभन्दा पहिले किभमा विस्फोट गराएको थियो । त्यस्तै पश्चिमी शहर लविभ हुँदै उत्तरपूर्वी सहर खार्किभमा रुसले हमला गरेको थियो ।
उत्तरी शहर जाइटोमिरमा पनि आक्रमण भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । युक्रेनको रक्षा मन्त्रालयका सल्लाहकारले रुसले करिब ७० मिसाइल प्रहार गरेको दाबी गरेका छन् । विश्व नेताहरू अहिले इण्डोनेसियाको बालीमा जी–२० शिखर सम्मेलनका लागि भेला भएका छन् । उनीहरूले युक्रेनमा रुसले गरेको आक्रमणको निन्दा गरेका छन् ।































प्रतिक्रिया