प्रमुख निर्वाचन आयुक्त थपलियाकाे चेतावनी- गोपनियता भंग गरे मतपत्र गणना हुँदैन

प्रमुख निर्वाचन आयुक्त थपलियाकाे चेतावनी- गोपनियता भंग गरे मतपत्र गणना हुँदैन

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले कसैको डर, त्रास, धाक, धम्की वा कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न सबै मतदाताहरुलाई आह्वान गरेको छ ।  

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंगलवार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै यस्तो आह्वान गरेका हुन् । उनले सबै मतदाताको आफ्नो प्रतिनिधि गोप्य रुपमा छान्ने अधिकार रहेको स्पष्ट पार्दै त्यस विपरित मतदान कार्यमा सहभागी हुने मतदातामाथि निर्वाचन कानून बमोजिम कारबाही हुने चेतावनीसमेत दिए । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले मत संकेत गरीसकेको मतपत्रको गोपनियता भंग गरिए सो मतपत्र नै गणना नहुनेतर्फ पनि सचेत गराए । 

उनले भने, ‘तपाई कसलाई मतदान गर्नुहुन्छ ? तपाई कुन चिन्हमा मतदान गर्नुहुन्छ ? भन्ने जस्तो प्रश्न सोधि निजको गोपनियताको हकलाई जबरजस्ती वञ्चित गर्नेगरी कुनैपनि गतिविधि गर्नु हुँदैन । मतदान प्रक्रियाको गोप्यता भंग भयो भने त्यो मतपत्र मतमेटिकामा नखसाली अथवा कैले मत संकेत गरेको मत फलानो चिन्हमा संकेत गरिएको थाहा भयो भने त्यो मत्र पत्रलाई मतपेटिकामा खसालीसकेको भए त्यसो गर्ने व्यक्तिलाई कारबाही हुने, खसाली नसकेको भए मतदान अधिकृतले त्यस्तो मत पत्रलाई छुट्टै खाममा राखेर त्यो खाममा भएको व्यहोरा उल्लेख गरी सिलबन्दी गरी मुचुल्का खडा गरी राख्नुपर्छ । र, त्यस्तो मतपत्र गणना गर्नसमेत नपाउने व्यवस्था छ ।’

थपलियाले अगाडि थपे, ‘यसका अतिरिक्त आफ्नो नाममा बाहेक अरुको नाममा मत हाल्न, पटकपटक मतदान गर्न जान र मतपत्र बिगार्न अथवा मतपत्र नष्ट गर्न जाली मतपत्रहरु ल्याएर मतपेटिकामा हाल्न र कुनैपनि मतपत्रलाई बिगार्ने किसिमको कुनैपनि वस्तु वा पदार्थ मतपेटिकामा हाल्न हुँदैन भने मत पत्रको साथमा आफूले संकेत गरेको मतपत्रको साथमा अरु कुनै किसिमको वस्तु राखेर मतपेटिकामा खसाल्नसमेत मिल्दैन । यी सम्पूर्ण कुराहरु कानुनद्वारा वर्जित छन् । त्यसैले मतपत्रको गोपनियता भंग भयो भने त्यसैले मतपत्रको गोपनियता भंग भयो, मतदान कार्यमा गर्न नहुने कार्यहरु गरियो अथवा मतपेटिकामा खसाल्न नहुने चिज वस्तु खसालियो भने त्यस्तो अवस्थामा सम्बन्धित मतदान अधिकृतले कानून बमोजिम त्यही केन्द्रमै निज व्यक्तिलाई दण्ड सजाय गर्नसक्ने व्यवस्था छ । त्यसको अतिरिक्त मतपत्रको गोप्यता भंग हुँदा त्यस्ता व्यक्तिको सामाजिक जीवनसमेत अफ्ठ्यारोमा पर्नसक्ने खतरा हुन्छ ।’ 

Logo