चुनावकाे मुखमै दोलखामा कांग्रेसका दर्जनाैं नेता-कार्यकर्ता एमाले प्रवेश

चुनावकाे मुखमै दोलखामा कांग्रेसका दर्जनाैं नेता-कार्यकर्ता एमाले प्रवेश

केन्द्रबिन्दु
0
Shares

चुनावको मिति नजिकिँदै गर्दा दोलखामा नेपाली कांग्रेसका दुई दर्जन नेता–कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।  

एमाले दोलखाले चुनावी प्रचारको उत्कर्षका रुपमा तामाकोशी गाउँपालिका ४ मालूमा आज आयोजना गरेको विशाल जनसभामा उनीहरु एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्नेमा कांग्रेसबाट हरिप्रसाद काफ्ले, दलबहादुर मगर, खेम मगर, भीम मगर, भवानी काफ्ले, सन्देश तामाङ, सुमन कार्की, विशाल कटुवाल, सरोज सुनुवार रहेका छन् । 

त्यस्तै, नकुल कार्की, कृष्ण कार्की, रेशम तामाङ,विशाल कटुवाल, सरोज सुनुवार, नकुल कार्की, कृष्ण कार्की, रेशम तामाङ, रविन कार्की र अर्जुन खत्री पनि एमाले प्रवेश गरेका छन् । 

उनीहरुलाई प्रमुख अतिथि एमाले पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री आनन्दप्रसाद पोखरेल, पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री, पार्वत गुरुङ, केन्द्रीय सदस्यहरु सरस्वती बस्नेत, रचना खड्का, केन्द्रीय सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेतलगायत नेताहरुले स्वागत गरेका थिए । योसँगै सो क्षेत्रमा कांग्रेसलाई धक्का लागेको छ । 

एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दोलखामा मुख्य प्रतिस्पर्धा नेकपा एमाले र गठबन्धनका दलहरू बीच नै हुने देखिएको छ । सो क्षेत्रबाट नेकपा एमालेका प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिवाकोटी रहेका छन् । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य गंगा कार्की,  राप्रपाबाट पार्टीको केन्द्रीय विदेश विभाग सदस्य विजय खड्का, राप्रपा नेपालबाट केन्द्रीय सदस्य मिनबहादुर (नवराज) श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जगदिश खरेल लगायत छन् । 
 
नेकपा एमालेबाट पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङको चर्चा भइरहेको बेला नयाँ अनुहारका युवा नेता शिवाकोटीले टिकट पाएपछि पार्टीका धेरै कार्यकर्ताहरू उत्साहित देखिएका छन् । सफल व्यवसायीक छविका शिवाकोटीको जितले दोलखाको विकासमा महत्त्वपूर्ण टेवा पुग्नसक्ने भएकोले स्वतन्त्र खालका मतसमेत प्राप्त हुने अपेक्षा एमालेको देखिन्छ ।

Logo