गृहमन्त्री खाणको दाबीः ‘विपक्षी पार्टीको चुनावी नतिजा सोचेभन्दा धेरै कम आउनेछ’

गृहमन्त्री खाणको दाबीः ‘विपक्षी पार्टीको चुनावी नतिजा सोचेभन्दा धेरै कम आउनेछ’

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री खाणले आसन्न निर्वाचनलाई निष्पक्ष र भयरहीत बनाउन सरकारले आवश्यक सुरक्षा व्यवस्था परिचालन गरिसकेको बताएका छन् । 

गृहमन्त्री खाणले स्थानीय तह निर्वाचनको अनुभवबाट सिकेर सरकारले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई भयरहीत वातावरणमा निष्पक्ष रुपमा सम्पन्न गर्न आवश्यक राज्य शक्तिको परिचालन गरिएको बताएका हुन् । उनले निर्वाचनका क्रममा हुनसक्ने घटनाहरुलाई मध्यनजर गरी सरकारले नेपाली सेनाको हेलिकप्टर र हवाइजहाजलाई अलर्ट गरिसकेको बताए ।
 
उनले आसन्न निर्वाचनबाट नेपाली काँग्रेस देशको ठूरो राजनीतिक पार्टी बन्ने र गठबन्धनकै सरकार बन्ने दाबी गरे । काँग्रेसका केन्द्रिय सदस्यसमेत रहेका खाणले विपक्षी दलहरुले सोचेको र देखाएको तामझामअनुसारको निर्वाचन नतिजा नआउने दाबी गरे । 

उनले भने- ‘हामीले जनमत सर्वेका तथ्यांकहरु विश्लेषण गर्दा नेपाली काँग्रेस ठूलो पार्टी बन्छ । काँग्रेस लगायतको गठबन्धनको सरकार बन्छ । विपक्षी दलहरुले जस्तो सोचिरहनुभएको त्यो नतिजा आउँदैन, उहाँहरुले सोचेको भन्दै धेरै कम मात्र नतिजा आउँछ । किनभने सत्ता गठबन्धनको तथ्यांक स्थानीय निर्वाचनदेखि अहिलेसम्म हेर्दा मत सर्वेमा पनि सत्ता गठबन्धन अघि नै छ । यो सरकारी आँकलन बाहिर ल्याएको पनि होइन । तर कतिपय मत सर्वे स्थानीय निकाय र पार्टीले पनि निकालीरहेको हुन्छ ।’ 

गृहमन्त्री खाणले उम्मेदवार, जनता, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षाकोे दायित्व सरकारको भएकाले कुनैपनि राजनीतिक दल र उम्मेदवारहरुलाई सुरक्षा चाहिए सरकार सुरक्षा उपलब्ध गराउन सक्षम रहेको पनि बताए । 

Skip This
Skip This
Logo