ग्यास ट्याङ्की विस्फोट हुँदा इराकमा ११ जनाको मृत्यु

ग्यास ट्याङ्की विस्फोट हुँदा इराकमा ११ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

इराकको अर्ध स्वायत्त क्षेत्र कुर्दिस्तानमा बिहीबार भएको ग्यास ट्याङ्की विस्फोट हुँदा ११ जनाको मृत्यु हुनाका साथै अन्य १३ जना घाइते भएका छन् ।

गभर्नर हवल अबुबाकिरले पत्रकार सम्मेलनमा  बताएअनुसार सुलेमानिया प्रान्तको काजिवा नजिक वस्तु तताउन प्रयोग गरिने लिक्विफाइड पेट्रोलियम ग्यास ट्याङ्कीबाट चुहावटका कारण त्यहाँस्थित भवनमा ठूलो विस्फोट भएको थियो।

उद्धारकर्मीहरूले अझै चार अन्य बेपत्ता व्यक्तिहरूको खोजी  जारी राखेको बताएका छन् । हराइरहेका व्यक्तिहरू सो विस्फोटमा भत्किएको तीन तले भवनको भग्नावशेषमुनि दबिएको विश्वास गरिएको छ । अबुबाकिरले उत्तरपूर्वी इराकको सुलेमानिया प्रान्तमा एक दिनको लागि सार्वजनिक शोकको घोषणा पनि गरेका छन्। -सिन्ह्वा

Skip This
Skip This
Logo