जेनभा ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले प्रायजसो युवापुस्ता कोरोना भाइरस महामारीमा गम्भीर जोखिम समूह नभएको तर उनीहरूले महामारी फैलिन रोक्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताएका छन् ।
उनले जेनभामा पत्रकारहरूसँगको कुराकानीमा उक्त कुरा बताएका हुन् । विश्वप्रतिको साझा दायित्वलाई विश्वभरका युवाहरूले वहन गरेको जिम्मेवारीप्रति खुशी व्यक्त गर्दै कोरोना भाइरस महामारीबाट युवा पुस्ताको भविष्यमा परेको प्रभावप्रति दुःख पनि व्यक्त गरे।
उनले भने, “भाइरसले स्वास्थ्यमा मात्र नभई अर्थतन्त्र, रोजगार, शिक्षा प्रणालीमा पनि प्रभाव पारेको छ।” उनले युवासँग महामारीबारे जानकारी लिन र स्वास्थ्यका लागि हितकर हुने छनौट गर्न आह्वान पनि गरे ।
उनले विभिन्न संगठन, संस्थान तथा सरकारसँग युवाको प्रस्ताव सुन्न, महामारीको रोकथाम तथा नियन्त्रण क्षेत्रमा युवालाई सम्लग्न हुन प्रोत्साहन गर्न आह्वान गरे ।रासस





























प्रतिक्रिया