नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक विकासको एजेण्डालाई अघि सार्ने किसिमको नेतृत्व चयन गर्न आग्रह गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष ढकालले आईतवार बिहान काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका थिए । मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालको आर्थिक विकासको एजेण्डालाई अघि सार्ने किसिमको नेतृत्व चुन्नुपर्ने बताएका हुन् ।
उनले भने- ‘निर्वाचन देशको भविष्य निर्माणको पहिलो स्टेप हो । आफ्नो मताधिकारको प्रयोग गरेर नेपालको भविष्य निर्माण गर्नको लागि सही व्यक्ति निर्वाचित गरेर पठाउनुस् । नेपालको आर्थिक विकासमा, आर्थिक विकासको एजेण्डालाई अघि सार्ने किसिमको नेतृत्व आवश्यक छ ।’
ढकालसँगै अन्य उद्योगी व्यवसायहरुले उत्साहजनक रुपमा आ–आफ्नो मतदान केन्द्र पुगेर भोट खसालेका छन् । आईतवार बिहान ७ बजेबाट देशभर एकैचरणमा प्रतिनिधि सभा र प्रदेश सभाका लागि निर्वाचन भइरहेको छ । साँझ ५ बजेसम्म मतदान गर्न सकिने आयोगले जनाएको छ ।































प्रतिक्रिया