निर्वाचन आयोगले विभिन्न स्थानमा रोकिएका मतदान प्रक्रिया सुचारु गर्ने प्रयास भैरहेको जनाएको छ ।
अपरान्ह साढे ३ बजेसम्म रोकिएका १५ मतदान केन्द्रको मतदान कार्य पुनः सुरु गर्ने प्रयास भैरहेको आयोगको भनाई छ । अधिकांश स्थानमा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच विवाद बढेर झडपको स्थिति नै सिर्जना हुने कारणले मतदान स्थगित भएका हुन् । साे स्थानमा प्रहरीले हवाइ फायरसमेत गरेका थिए । साथै आयोगले बाँकी स्थानमा अहिले देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ ।
आइतबार बिहान ७ बजेबाट देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि निर्वाचन भइरहेको छ । यो निर्वाचनबाट प्रतिनिधिसभामा २७५ (प्रत्यक्ष १६५ र समानुपातिक ११०) र प्रदेशसभामा ५५० (प्रत्यक्ष ३३० र समानुपातिक २२०) सांसद चयन हुनेछन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६१ दलका १ हजार ५४५ र स्वतन्त्र ८६७ जना प्रतिस्पर्धामा छन् ।





























प्रतिक्रिया