काठमाडौं- १ मा प्रकाशमान अगाडि, रवीन्द्र तेस्रोमा

काठमाडौं- १ मा प्रकाशमान अगाडि, रवीन्द्र तेस्रोमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता लिएका छन्। सिंहले १ हजार १ सय १८ मत ल्याएका छन्।

दोस्रोमा रहेका नेकपा एमालेका किरण पौडेलले १ हजार १९ मत पाएका छन् भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्र तेस्रो स्थानमा छन्। उनले ८ सय ९६ मत पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले सात सय २ मत, सुशासन पार्टीका उम्मेदवार रमेश खरेलले तीन सय ५७ मत ल्याएका छन्।

Logo