मधेस केन्द्रित दलका शीर्ष नेताहरु सबै पछाडी, सीके राउतकाे उदय

मधेस केन्द्रित दलका शीर्ष नेताहरु सबै पछाडी, सीके राउतकाे उदय

केन्द्रबिन्दु
0
Shares

तराई मधेस केन्द्रित दलका शरदसिंह भण्डारीबाहेक सबै नेता दोस्रो स्थानमा सीमित रहेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले दोब्बरभन्दा मत अन्तरले पछि पारेका छन् ।

जनमतका राउतले १२७८१ मत ल्याउँदा जसपा अध्यक्ष उपेन्द्र यादव भने ६३४७ मतमा सीमित हुँदै आएका छन् । जारी मतगणनाअनुसार राउत विजयको नजिक पुगेका छन् । यादव यसअघि सप्तरी–२ र सुनसरीवाट निरन्तर विजयी हुँदै आएका थिए । राउतको अग्रतासँगै यादवको चौथोपटक विजयी हुने यात्रा रोकिने भएको छ । 

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई स्वतन्त्र उम्मेदवारले पछि पारिरहेका छन् । महोत्तरी क्षेत्र नम्बर ३ वाट उठेका ठाकुरलाई स्वतन्त्र उम्मेदवार रामआधार कापरले पछाडि पारिरहेका छन्। प्रारम्भिक मतगणनामा ठाकुरले ११९६ पाउँदा कापर २२०४ मतसहित अगाडि छन् । ठाकुर यसअघि सोही निर्वाचन क्षेत्रवाट विजयी भएका थिए । 

उता, लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो पनि गठबन्धनका उम्मेदवार महिन्द्र राय यादवसँग पछाडी परेका छन् । महताे नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका आधिकारिक उम्मेदवार नेपाल समाजवादी पार्टीका उम्मेदवार महेन्द्रराय यादवसँग पछि परिरहेका छन् ।

सर्लाही–२ मा सत्तारुढ गठबन्धनले मित्रवत प्रतिस्पर्धा गर्ने भने पनि हालसम्म हालसम्मको गणना भएको मतपरिणाम अनुसार रायले १८२५ मत ल्याएका छन् भने लोसपाका महतोले १३३१ मत प्राप्त गरेका छन्। 

Skip This
Skip This
Logo