७ सय मतले पछि परे झलनाथ

७ सय मतले पछि परे झलनाथ

केन्द्रबिन्दु
0
Shares

इलाम १ मा एमाले उम्मेदवार महेश बस्नेतले अग्रता कायमै राख्दै नेकपा (एकीकृत समाजवादी) का झलनाथ खनाललाई निरन्तर पछि पारिरहेका छन्। बस्नेत अहिले ७ सयभन्दा बढी मतले अघि छन्।

पछिल्लो मत परिणाम अनुसार बस्नेतले ६६४६ मत प्राप्त गरेर अग्रता जोगाइराख्दा खनालले ५९४३ मत प्राप्त गरेका छन्। यो क्षेत्रमा मंगोल नेशनल अर्गनाइजेसनका बुद्धलाल मेचेले ७९३, राप्रपाका तोयानाथ शर्मा सापकोटाले ४८७ मत प्राप्त गरेका छन्।

इलाम १ मा गणना जारी छ।

Logo