गुल्मी- १ मा प्रदीप ज्ञवालीको सुरुवाती अग्रता

गुल्मी- १ मा प्रदीप ज्ञवालीको सुरुवाती अग्रता

केन्द्रबिन्दु
0
Shares

गुल्मी- १ मा बुधबार दिउँसोदेखि सुरु भएको मतगणनामा एमालेका प्रदीप ज्ञवालीले प्रारम्भिक अग्रता हासिल गरेका छन् ।

५७७ मतका साथ उनी अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका चन्द्र भण्डारी ५०७ मत ल्याएर पछ्याइरहेका छन् । राप्रपा उम्मेदवारले ७६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १६ मत प्राप्त गरेका छन् । 

प्रतिनिधिसभातर्फ कालिगण्डकी गाउँपालिका- १ अन्तर्गत हर्मीचौरबाट गणना सुरु गरिएको हो । जिल्ला समन्वय समितिको सभाहलमा दिउँसो १ बजेदेखि  मतगणना गर्न सुरू गरिएको हो । 

प्रदेश सभातर्फको मतगणना पनि केही समयपछि सुरू गरिने बताइएको छ । गुल्मी १ मा एक लाख १९ हजार २८१ मतदाता छन् । ७० हजार ६ सय मत खसेको थियो ।

Skip This
Skip This
Logo