‘प्रधानमन्त्री ओलीले आफ्ना आसेपासेलाई मात्र खुशी पारे, जनतालाई रुवाए’ : प्रकाशमान सिंह

‘प्रधानमन्त्री ओलीले आफ्ना आसेपासेलाई मात्र खुशी पारे, जनतालाई रुवाए’ : प्रकाशमान सिंह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना आसेपासे र नेकपाका कार्यकर्ता बाहेक अरुलाई खुशी पार्न नसकेको टिप्पणी गरेका छन् ।

संसद विघटनको कदम विरुद्द नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका वडा नं. ११ ले बिहिबार माइतीघर मण्डलामा आयोजना गरेको विरोध कोण सभालाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्री ओलीले निर्वाचनमा जाँदा स्थिरता दिने र आम जनताको जीवनलाई सुखि पार्ने प्रतिबद्धता गरेको भएपनि आफ्नो आसेपासे र नेकपाका मान्छेबाहेक आम जनतालाई केहिपनि दिन नसकेको बताए ।

नेता सिंहले प्रधानमन्त्री ओलीलाई संविधान तथा संघीय कानुन अनुसार राज्य सञ्चालन गर्ने मात्रै अधिकार भएको भन्दै ओलीले भन्ने गरे जस्तो संसद विघटनको विशेषाधिकार संविधानमा नभएको बताए । संविधान अनुरुप विधिको शासनमा नचलेकाले प्रधानमन्त्री ओली निर्वाचन नगराउनेतिर गएको आभाष भएको उनको भनाइ छ ।

Logo