बनेपा, धुलिखेल र पनौती संयुक्त पुण्यमाता करिडोर निर्माण शिलान्यास

बनेपा, धुलिखेल र पनौती संयुक्त पुण्यमाता करिडोर निर्माण शिलान्यास

केन्द्रबिन्दु
0
Shares

बनेपा ।

नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले सञ्चालित र शुरु भएका दीर्घकालीन राष्ट्रिय महत्वका आयोजनाले सरकारको आलोचकलाई जवाफ दिइरहेको बताएका छन् । बनेपा, धुलिखेल र पनौती तीन नगरको संयुक्त पुण्यमाता करिडोर निर्माणको शिलान्यास कार्यक्रमलाई बुधबार बनेपामा सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य बाँस्कोटाले केही गर्न नसकेको भनेर आलोचना गर्नेलाई क्रमागत, चालू तथा निर्माणाधीन गौरवका आयोजनाले जवाफ दिइरहेको स्पष्ट गरे। आफूहरु ‘विरासत’सहितको सुन्दर शहर हस्तान्तरणमा लागेको पूर्वमन्त्री बाँस्कोटाले बताए।

उनले भने, “जिल्लाका सन्दर्भमा हामीले १८ वर्ष अघि परिकल्पना गरेको विषयको बीउ आज छरिँदैछ, जिल्लाकै अन्य क्षेत्रमा सञ्चालित र यही वर्ष शुरु हुने योजना पनि निकै पुराना हुन् ।” नेता बाँस्कोटाले पाँचखालमा विशेष आर्थिक क्षेत्र (सेज) र मदन भण्डारी विश्वविद्यालय, तीन नगरमा करिडोर, बनेपास्थित नागिडाँडामा आन्तरिक विमानस्थल, सुनकोशी नदीमा ५३६ मेगावाटको जलाशययुक्त विद्युत् उत्पादन, बुद्ध परिपथ लगायत गौरवका आयोजना धेरै वर्षअ घि नै कल्पना गरेको बताए।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य गङ्गाबहादुर तामाङ, नगरप्रमुखत्रय धुलिखेलका अशोककुमार ब्याञ्जू, बनेपाका लक्ष्मीनरसिं वादे र पनौतीका भीमप्रसाद न्यौपाने, शहरी विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारी लगायतले तीन नगरको साझेदारी विकास उदाहणीय कार्य भएको बताउँदै करिडोर निर्माणले व्यक्तिगत बसोबास, जमीन कटान रोक, यातायात व्यवस्थित हुँदै विकासले फड्को मार्ने बताए । सो अवसरमा करिडोर निर्माण आयोजना प्रमुख मचाकाजी मानन्धरले तीन नगरमा अवस्थित २३ किलोमिटर करिडोर मन्त्रालयको छ करोड २७ लाख ९५ हजारमा निर्माण सम्पन्न हुने जानकारी दिए।रासस

Skip This
Skip This
Logo