पूर्वी नवलपरासी क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका डा.शशांक कोइराला निर्वाचित भएका छन् । नेता कोइराला २७ हजार ६७ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
कोइरालाका निकटतम् प्रतिद्वन्द्वी एमालेका कृष्णप्रसाद पौडेलले २५ हजार ४७ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, रास्पाका राजन गौतमले २४ हजार ३०५ मत सहित तेस्रो स्थान हासिल गरेका छन् ।
नेपाली काँग्रेसका पूर्वमहामन्त्री समेत रहेका नेता कोइराला नवलपरासीबाट यसअघि पनि सांसद बन्दै आएका छन् ।































प्रतिक्रिया