चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आजबाटै काम थाल्ने बताएका छन् ।
राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु नभएर जाँच दिन जानका लागि सक्षम हुनु मात्र भएको बताउँदै लामिछानेले भनेका छन् ‘म आज बाट जाँच दिन जाँदै छु, जसको नतिजा ५ वर्ष पछि मात्र आउँछ। म जनता लाई जिताउने जाँच दिन जादैछु त्यसैले म अहिले नै बिजय र्याली गर्न चाहन्न।म बिजय र्यालीको साटो आज ३ बजे, भरतपुर १०- गेस्ट हाउस चौरमा, भोलि ११ बजे इक्छा कामना गाउँपालीका कार्यालय अगाडिको फुट्बल ग्राउन्ड कुरिनटारमा र भोलि ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमापुर कालीका मा "धन्यवाद सभा" गर्दैछु।’ सभामा आउनेहरुलाई फूलमाला, अविर वा खादा नल्याउन उनको आग्रह छ ।
अध्यक्ष लामिछानेले सो सभामा समस्या पेटिका लेखिएका २ वटा बाकस राखिने र त्यहाँ समस्या लेखेर खसाउन पनि आग्रह गरेका छन् ।































प्रतिक्रिया