राप्रपा उपाध्यक्ष प्रधानले पूर्वगृहराज्यमन्त्री कँडेललाई हराए

राप्रपा उपाध्यक्ष प्रधानले पूर्वगृहराज्यमन्त्री कँडेललाई हराए

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई हराएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रधानले कँडेललाई पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ बाट १५ हजार ३६५ मतान्तरले हराएका हुन् । प्रधानले ३४ हजार ९५९ तथा कँडेलले १९ हजार ५९४ मत प्राप्त गरे । एमालेका दीपेन्द्र अधिकारीले १४ हजार ४९८ मतमा चित्त बुझाएका छन् । प्रधान नेपाल प्रहरीका पूर्वआइजीपी पनि हुन् ।

Skip This
Skip This
Logo