प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ११७ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
४० स्थानमा जित निकाल्दै काग्रेस अग्रस्थानमा रहेको छ भने एमाले २९ स्थानमा विजयी हुँदा नेकपा माओवादी केन्द्र १२ स्थानमा विजयी भएको छ । नेकपा एकीकृत समाजवादी १० स्थानमा विजयी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित दर्ता गरेको छ ।
यसैगरी राप्रपा ४ स्थानमा विजयी भएको छ । जसपाले ३ स्थानमा जित्दा नागरिक उन्मुक्ति पार्टी र लोसपा २–२ स्थानमा विजयी भएका छन् भने राष्ट्रिय जनमोर्चा, नेमकिपा,जनमत पार्टी १–१ स्थानमा विजयी भएका छन् । यसैगरी स्वतन्त्र उम्मेदवार ५ ठाउँमा निर्वाचित भएका छन् ।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ बाँकी ४८ क्षेत्रको मतगणना जारी छ भने बाजुरा र स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना हुन सकेको छैन। बाँकी रहेका स्थानमा एमालेले १९ स्थानमा, कांग्रेस १२, माओवादी केन्द्रले ६ र जसपा ३ स्थानको मतगणनामा अगाडि छन्। त्यसैगरी राप्रपा तीन, नागरिक उन्मुक्ति एक, लोसपा एक र राष्ट्रिय स्वतन्त्र पार्टी एक स्थानमा अग्रता हासिल गरिरहेका छन्।































प्रतिक्रिया