एसईईको आवेदन फाराम खुल्यो, कहिलेसम्म भर्ने ? [सूचनासहित]

एसईईको आवेदन फाराम खुल्यो, कहिलेसम्म भर्ने ? [सूचनासहित]

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा समावेश हुन आवेदन फाराम खुला गरेको छ ।

सूचनाअनुसार कक्षा १० मा नियमित रुपमा अध्ययन गरिरहेका विद्यार्थीले पुषको १० गतेभित्र फारम भरि सक्नुपर्नेछ । साधारण, प्राविधिक धारसहित माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि परीक्षा आवेदन खुला गरेको हो । 

फारम भर्दा साधारण तथा प्राविधिक धारतर्फका विद्यालयमा हाल कक्षा १० मा अध्ययन गरिरहेका विद्यार्थीले रजिष्ट्रेशनको अर्धकट्टीको प्रतिलिपि, शैक्षिक सत्र २०७७ वा सोभन्दा पहिले आधारभूत तह (कक्षा ८) उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि (प्रधानाध्यापकबाट प्रमाणित) गरी विद्यालय पोसाकमा हाल सालै खिचिएको पासपोर्ट साइजको दुईप्रति फोटोसहित परीक्षा दस्तुर ५०० रूपैयाँ विद्यालयमा बुझाउनुपर्ने बोर्डले जनाएको छ । 

हेर्नुहाेस् सूचना-

Skip This
Skip This
Logo