नेपाली उद्योगलाई प्रतिष्पर्धी बनाउन उत्पादन लागतलाई कम गर्नुपर्छः मुख्यसचिव बैरागी

नेपाली उद्योगलाई प्रतिष्पर्धी बनाउन उत्पादन लागतलाई कम गर्नुपर्छः मुख्यसचिव बैरागी

केन्द्रबिन्दु
0
Shares

नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले नेपाली उद्योगलाई प्रतिष्पर्धी बनाउनको लागि उत्पादन लागतलाई कम गर्नुपर्ने बताएका छन् । 

शुक्रवार आठौं उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यसचिव बैरागीले उद्योगलाई प्रतिष्पर्धी बनाउनको लागि उत्पादन लागत कम गर्नुपर्ने विश्वभरको मान्यता रहेकाले नेपालमा पनि आवश्यक रहेको बताएका हुन् । उनले उद्योग प्रतिष्पर्धी नभएसम्म फस्टाउन नसक्ने बताए । 

मुख्य सचिव बैरागीले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा वाह्य दबाब रहेकाले अवस्था असहज रहेको बताए । उनले वाह्य क्षेत्रको असरले अर्थतन्त्रमा देखिको असहज अवस्था लामो समय नरहने विश्वास व्यक्त गरे । 

उनले भने, ‘हामी अहिले पनि अल्पविकशित मुलुकमा छौं । कसरी विकशित मुलुकमा पुग्ने लक्ष्य लिनुपर्छ । नेपालमा अहिले भएको क्षमताले नभ्याएको हुनाले लगानी मैत्री वातावरण बनाउन आवश्यक छ । त्यत्तिकै विदशी लगानी पनि आउँदैन । नेपालको उद्योग क्षेत्रका समस्या र विकासमा ठूलो चुनौती भनेको नीति बनाएर कार्यान्वयन नहुने हो । यी विषयमा हामीले स्वीकार गर्नैपर्ने हुन्छ । नेपाली उद्योग प्रतिष्पर्धी हुनको लागि उत्पादन लागत कम हुनैपर्छ । संसारभरीको मान्यता हो । प्रतिष्पर्धी भएन भने उद्योग फस्टाउँदैन । उद्योग नफस्टाएसम्म उत्पादन बढ्दैन । उत्पादन गर्न नसक्दा निर्यात बढ्दैन र निर्यात गर्न नसक्दा व्यापार घाटा बढ्दै जान्छ । त्यसले गर्दा हामी कुनकुन क्षेत्रमा सक्षम छौं छुट्याएर सकेसम्म उत्पादन लागत कम गर्न सक्नुपर्छ ।’

Logo