गत मंगलवार एकाएक शरीरमा अक्सिनको तह कम भएर सास फेर्न गाह्रो भएपछि मुम्बइको लिलावती अस्पतालमा भर्ना भएका ६१ बर्षीय बलिउड अभिनेता संजय दत्तको कोरोनाको रिपोर्ट त नेगेटिभ आयो । तर, उनलाई फोक्सोको क्यान्सर भएको खबरहरु विभिन्न भारतीय संचारमाध्यामबाट सार्वजनिक भयो ।
यो खबर फैलिने बित्तिकै उनका शुभचिन्तक तथा वलिउड कलाकारहरु सामाजिक सञ्जालमार्फत् उनलाई शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । यसैबीच अभिनेत्री मनिषा कोइरालाले पनि ट्वीटरमार्फत् सञ्जयको स्वास्थ्य लाभको कामना गरेकी छिन् ।
उनले लेखेकी छिन्– ‘तिम्रो स्वास्थ्य चुनौतीको बारेमा सुनेर निकै दुःख लाग्यो बाबा । तर मलाई थाहा छ कि तिमी झन् बलियो छौ । तिम्रो जिन्दगीमा असंख्य संघर्षहरु थिए जसलाई तिमीले पार लगाईसकेका छौ । यसलाई पनि अर्को जित बनाउनेछौ । तिम्रो स्वास्थ्य लाभको कामना गर्दछु।’
मनिषा स्वयं पनि क्यान्सरबाट ग्रसित भएकी थिईन् । त्यसैले उनले संजयको अवस्था राम्रोसँग बुझेकी छिन् । उनले पछिल्लो पटक सन् २०१८ मा सार्वजनिक सञ्जयकै जीवनमा आधारित चलचित्र ’सञ्जु’मा अभिनय गरेकी थिईन् ।
संजयको फोक्सोको क्यान्सर तेस्रो चरणमा छ भने उनलाई उपचारका लागि अमेरिका लागिएको छ ।































प्रतिक्रिया