रूपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बोहोरा विजयी भएका छन् ।
सत्ता गठबन्धका साझा उम्मेदवार कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणलाई २ हजार ६८१ मत अन्तरले हराउँदै बोहोरा निर्वाचित भएका हुन् । अन्तिम मत परिणामअनुसार बोहोराले ३६ हजार ७१७ मत पाए भने खाणले ३४ हजार ३६ मत मात्रै पाए ।
२०७४ को निर्वाचनमा कांग्रेस र राप्रपाबीच गठबन्धन थियो । आफू समानुपातिकमा बसेर खाणले प्रत्यक्ष निर्वाचन लडेका बोहोराका लागि भोट मागेका थिए । तर त्यो बेला बोहोराले जितेनन्, एमालेका घनश्याम भुसाल विजयी भए । यसपटक भने सोही क्षेत्रबाट एमाले, राप्रपा र जसपाको तर्फबाट बोहोरा र सत्ता गठबन्धनबाट खाण नै एकआपसमा लडे । अन्नतः मतदाताले बोहोरालाई नै चुने ।































प्रतिक्रिया