महोत्तरी–१ मा लक्ष्मी महतो निर्वाचित, पोखरेल पराजित

महोत्तरी–१ मा लक्ष्मी महतो निर्वाचित, पोखरेल पराजित

केन्द्रबिन्दु
0
Shares

महोत्तरी–१ मा नेकपा एमालेका लक्ष्मी महतो निर्वाचित भएका छन्। आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेललाई एक हजार ३१ मतले  उछिन्दै विजयी भएका हुन् । 

महोत्तरी–१ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित महतोले २४ हजार चार सय एक र पोखरेलले २३ हजार तीन सय ७० मत प्राप्त गरेका छन् । त्यसैगरी महोत्तरी–१ (१) प्रदेशसभा क्षेत्रमा एमालेकै शारदा थापा आठ हजार दुई सय ४५ मत प्राप्त गरी विजयी भएकी छिन् ।

थापाका निकटतम् प्रतिस्पर्धी लोसपा नेपालका पिताम्वर महतोले सात हजार पाँच सय ८५ मत प्राप्त गरेको निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए । यो परिणाम सार्वजनिक भएसँगै जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका सबै क्षेत्रको प्रत्यक्षतर्फको गणना सकिएको छ । जिल्लामा चार प्रतिनिधसभा र आठ प्रदेशसभा क्षेत्र छन् ।

Skip This
Skip This
Logo