सामाजिक सुरक्षा कोषमा अतिरिक्त थप सुविधा व्यवस्था छ- कार्यकारी निर्देशक ज्ञवाली

सामाजिक सुरक्षा कोषमा अतिरिक्त थप सुविधा व्यवस्था छ- कार्यकारी निर्देशक ज्ञवाली

केन्द्रबिन्दु
0
Shares

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सुरक्षा कोषमा योगदान कर्ताले विगतमा पाएको सेवासुविधामा अतिरिक्त थप सुविधाको व्यवस्था गरेको बताएका छन् । 

आईतवार नेपाल ट्रेड युनियन महासंघ (जीफन्ट)ले सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमा बोल्र्दै कार्यकारी निर्देशकले यस्तो बताएका हुन् । उनले कोषको कार्यविधि परिमार्जन गरी सामाजिक सुरक्षा कोषमा योगदानकर्ताहरुले पाइरहेको सेवासुविधा थप गरी १० घातक रोगको उपचारमा १० लाख रुपैयाँ दिने व्यवस्था गरेको बताए । 

कार्यकारी निर्देशक ज्ञवालीले सामाजिक योगदानमा आधाररित सुरक्षा कोषमा श्रीमानले यागेदान गर्दा श्रीमतीले पनि श्रीमान सरह उपचार खर्च पाउने व्यवस्था गरेको बताए । 

उनले भने- ‘सामाजिक सुरक्षा कोषले पाँच वर्षमा प्रवेश गर्दा धेरै आरोह अवरोह पार रहेको छ । अहिले कोषले सामाजिक सुरक्षाको दायरा बढाउने काम गरीरहेको छ । हाल बसेको कोषको सञ्चालक समितिको बैठकले अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरुका निम्ति सामाजिक सुरक्षा योजना नीति मन्त्रालयमा पठाइएको छ । अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरुका निम्ति सामाजिक सुरक्षा योजना नीति मन्त्रालयले पारित गर्छ । नीति स्वीकृत भएपछि अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरु पनि सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेछन् । त्यस्तै वैदेशिक रोजगारमा जाने श्रमिकहरुको लागि कार्यविधि बनाइएको छ । त्यसमा वैदेशीक रोजगारीमा गएका श्रमिकहरुको दुर्घटना खर्च,असक्त आश्रित परिवारका लागि सुरक्षा योजना स्वीकृतको चरणमा रहेका छन् ।’
 
कार्यकारी निर्देशक ज्ञवालीले सामाजिक सुरक्षा कोषले प्रदान गर्ने सुविधाहरु छिटो र सहज बनाउँदै विश्वनिय बनाउन आवश्यक रहेको बताए । 

पछिल्लो समय योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिकहरूको आकर्षण बढ्दै गएको छ । प्रत्येक महिनामा चारदेखि ६ हजार श्रमिकहरू सामाजिक सुरक्षा कोषमा जोडिन थालेको कोषले बताएको छ । पछिल्लो तथ्यांकअनुसार तीन लाख ७३ हजार एक सय ११ जना श्रमिक कोषमा जोडिएका छन् । 

हालसम्म कोषमा योगदानकर्ताको २५ अर्ब ५७ करोड रकम जम्मा भएको छ । जसमध्ये दुई अर्ब ५७ करोड रकम औषधि उपचार, मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता, अवकाश दाबी लगायत विभिन्न शीर्षकमा भुक्तानी गरिएको कोषले बताएको छ ।  

Skip This
Skip This
Logo