सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि मुद्दती निक्षेप कर्जाको आवेदन अनलाइनमार्फत् दिन सकिने व्यवस्था गरेको छ ।
उक्त सेवा प्रयोग गर्न ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट https://www.sanimabank.com/ मा ‘ अप्लाई लाेन अप टु फाइभ लाख अगेन्सट एफडी’ मा क्लिक गरी आवश्यक विवरणहरु भरे पश्चात् मुद्दती निक्षेप कर्जाका लागि आवेदन दिन सक्नेछन् । अनलाइनबाट आवेदन दिएको मुद्दती निक्षेप कर्जा, मुद्दती रकमको बढिमा ९५ प्रतिशत वा अधिकतम ५ लाखमध्ये जुन कम हुन्छ, उक्त रकम तुरुन्तै प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ ।
हाल बैंकले रेमिट्यान्स मुद्दतीमा १३.५१ प्रतिशत, मुद्दतीमा १२.१३३ प्रतिशतट, रेमिट्यान्स बचत खातामा १०.१३३ प्रतिशत र बचत खाताहरुमा ९.१३३ प्रतिशतसम्मको व्याजदर प्रदान गर्दै आइरहेको छ । बैंकको सातै प्रदेशमा १३० वटा कार्यालयहरु र १२३ वटा एटिएम संजालहरु सञ्चालनमा छन् ।































प्रतिक्रिया