यूईएफए ‘टिम अफ दि इयर’ घोषणा

यूईएफए ‘टिम अफ दि इयर’ घोषणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

युनियन अफ युरोपियन फुटबल एसोसिएसन (यूईएफए) ले सन् २०२० को ‘टिम अफ दि इयर’ घोषणा गरेको छ । विश्वभरमा फुटबल समर्थकको भोटको आधारमा यूईएफएले ‘टिम अफ दि इयर’ को घोषणा गरेको हो ।

टिमको गोलकिपरमा बायर्न म्युनिखका म्यानुएल नुएर रहेका छन् । यस्तै डिफेन्डरमा रियलका कप्तान सर्जियो रामोस, लिभरपुलका भिर्जिल भान डाइक, बायर्नका अल्फान्सो डेभिस र जोसुवा किमिच रहेका छन् ।

त्यस्तै मिडफिल्डरमा म्यान्चेस्टर सिटीका केभिन डी ब्रुएन र लिभरपुलका थियागो रहेका छन् । टिमको फरवार्डमा युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो, बार्सिलोनाका लियोनल मेस्सी, बायर्नका रोबर्ट लेवान्डोस्की र पीएसजीका नेयमार रहेका छन् ।

 

Skip This
Skip This
Logo