विश्वकप फुटबलः आज पनि चार खेल

विश्वकप फुटबलः आज पनि चार खेल

केन्द्रबिन्दु
0
Shares

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा बुधबार चार खेल हुँदैछन् । 

समूह ‘सी’ र समूह ‘डी’ का दुई–दुई खेल हुन लागेको हो । समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समयअनुसार बेलुका पौने ९ बजे सुरु हुनेछ । यी खेलबाट समूह ‘डी’ बाट अन्तिम १६ मा पुग्ने दुई देशको टुंगो लाग्नेछ ।

यो समूहबाट फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ । समूह ‘सी’ मा रहेका अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिकोबीच खेल हुँदैछ । यी दुवै खेल नेपाली समय अनुसार राति पौने १ मा हुनेछ । यी खेलबाट समूह ‘सी’ बाट अन्तिम १६ मा पुग्ने दुई देशको टुंगो लाग्नेछ ।

Skip This
Skip This
Logo