भदौको पहिलो साता दुई वटा कम्पनीले आईपिओ निष्काशन गर्दैछ ।
रिलायन्स लाइफ इन्स्योरेन्स र समाज लघुवित्तले भदौ ४ गतेबाट आईपिओ निष्काशन गर्न लागेका हुन् । रिलायन्स लाइफ इन्स्योरेन्सले प्रति कित्ता सय रुपैयाँ बराबरको ६३ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने लागेको हो । जस मध्ये समान ५-५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामुहिक लगानी कोष र कर्मचारीलाई छुट्याइएको छ। बाँकि रहेको ५६ लाख ७० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।
आवेदन दिनको लागि भदौ ८ गतेसम्म भदौ ८ गतेसम्मको समय तोकिएको छ । लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ६३ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । कम्पनीले शेयर निष्काशन गर्नको लागि सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ । कम्पनीमा हाल १ सय १३ जना संस्थापक लगानीकर्ता रहेका छन् ।
त्यस्तै समाज लघुवित्तले पनि भदौ ४ देखि नै आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ८६ लाख बराबरको ८६ हजारको कित्ता बराबरको शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये ०.५ प्रतिशत अर्थात् १ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४३ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकी रहेको ८० हजार ७ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।
आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि दिनु पर्ने छ । आवेदन दिनको लागि भदौ ८ गतेसम्म भदौ ८ गतेसम्मको समय तोकिएको छ ।































प्रतिक्रिया