अभिनेता संजय दत्त फोक्सोको क्यान्सरबाट पीडित भएका छन् । दुई दिन अघि संजयलाई सास फेर्न समस्या भएपछि मुम्बईको लालावती अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालमा संजयको कोभिड टेष्ट गरिएको थियो तर उनको परिक्षणको नतिजा नकारात्मक आएको थियो । उनलाई क्यान्सर भएको खबर आउँदासम्म उनी उपचारका लागि अमेरिकाको लागि प्रस्थान गरिसकेका छन् ।
उनले यस अघि फिल्महरुबाट छोटो समयका लागि बिदा लिने बारेमा इन्स्टाग्रामबाट जानकारी दिएका थिए । उनले लेखेका थिए, ‘मित्रहरु, म चिकित्सा उपचारको लागि कामबाट छोटो बिश्राम लिइरहेको छु । मेरो परिवार र साथीहरु मसँग छन् । म आफ्ना सबै शुभचिन्तकहरुलाई चिन्ता नगर्न अनुरोध गर्दछु । अनावश्यक अनुमान पनि नगर्नुहोस् । तपाईको प्रेम र शुभकामनाको साथ, म छिट्टै फर्किनेछु ।’
































प्रतिक्रिया