परिजिता अमेरिकी द भ्वाइसको सेमिफाइनलमा [भिडियाेसहित]

परिजिता अमेरिकी द भ्वाइसको सेमिफाइनलमा [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

नेपाली मूलकी किशोरी परिजिता बाँस्तोला अमेरिकी चर्चित गायन रियालिटी शो ‘द भ्वाइस’को सेमिफाइनलमा प्रवेश गरेकी छन्। ब्लाइन्ड अडिसनबाटै आफ्नो प्रभाव छाड्न सफल उनले सेमिफाइनलको यात्रा तय गरेकी हुन् ।

मंगलबार साँझ हलिउडस्थित युनिभर्सल स्टुडियोमा प्रतिष्पर्धाका सहभागी हुँदै परिजिताले कोच जोन लिजेन्डको तर्फबाट एलिसिया काराको स्कार्स टु योर व्युटिफुल शीर्षकको गीत गाएकी थिइन्। साे पश्चात आफ्नो गीत निकै उत्कृष्ट पाराले गाएको भन्दै अंग्रेजी गीतकाे चर्चित  गायिका एलिसियाले परिजितालाई वधाई र शुभकामना सन्देशसमेत पठाएकी छिन्।
 
सेफिफाइनलमा परिजिताले ८ जना प्रतिस्पर्धीसँग प्रस्तुति दिनेछिन्। सेमिफाइनलमा प्रवेश गरेपछि उनले एक भिडिओमार्फत शुभचिन्तकलाई धन्यवाद व्यक्त गरेकी छन्। साथै उनले फाइनलको लागि दुई साता मात्रै रहेको हुँदा भोट गर्न अपिल गरेकी छन्।

 

Skip This
Skip This
Logo